Enter valid email address

Show Enter your password

Login
Login

Forgot your password?

Your Full Name

Enter valid email address.

Your Mobile Phone number

Show Your Password

Show Confirm Password

Create account

Close

आवेदन दिने सबैले पाए माथिल्लो तामाकोशीको शेयर

आवेदन दिने सबैले पाए माथिल्लो तामाकोशीको शेयर

११ मङ्सिर, काठमाडौँ ।  माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् ।

आज यहाँ आयोजित एक कार्यक्रममा बिक्री प्रवन्धक नागरिक लगानी कोषले कम्पनीको साधारण शेयरबाट सबै आवेदक लाभान्वित भएको जनाएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शेयर आवेदन दिने सबै आवेदकलाई ४० कित्ताका दरले शेयर वितरण गरिएको छ । त्यसरी शेयर वितरण गर्दा बाँकी रहने १७ लाख २७ हजार ७५० कित्ता शेयरमध्ये १० कित्ताका दरले गोलाप्रथा गरी एक लाख ७२ हजार ७७५ आवेदकलाई ५० कित्ता शेयर दिइएको छ ।

तामाकोशीको शेयरमा तीन लाख ३९ हजार ७७५ जनाले आवेदन दिएका थिए । तीमध्ये तीन लाख ३४ हजार ७५ आवेदकले मात्रै शेयर पाएका छन् । विगतमा आवेदन दिएका र दोहो¥याएर आवेदन दिएका पाँच हजार ७०० आवेदकको शेयर आवेदन भने रद्द गरिएको छ ।

कम्पनीले सर्वसाधारणलाई एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयर बाँडफाँड गरिएको हो । कम्पनीले बिक्री गरेको एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयरका लागि तीन लाख ३९ हजार ७५ आवेदकले आवेदन दिएका थिए । कम्पनीले यसअघि सञ्चय कोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी र आयोजना प्रभावित स्थानीयवासीलाई शेयर बिक्री गरेको थियो ।

जलविद्युत् आयोजनाको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह निष्कासनकर्ता सनराइज क्यापिटल लिमिटेड रहेका थिए । कम्पनीले कूल पूँजीको १५ प्रतिशतले हुन आउने रु एक अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गरेको थियो ।

उक्त योजनामा न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल भौतिक प्रगति ९७ प्रतिशत भएको छ ।

Feature Property

Featured Sale रू १००,००० प्रति हात/-

Land in Sale

मणिग्राम ४ नम्बर , रुपन्दहि,प्रदेश ५

Looking to sell or rent your property?

Subscribe us and get latest news & update from Bizmilan